गेस्ट हाउसमा लगेर किशोरी बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

समाचार

काठमाडौं/
न्यूरोडबाट फकाएर लगेर एकजना युवकले १६ वर्षीया बालिकालाई बलात्कार गरेका छन् ।फागुन १७ गते बालिकालाई बलात्कार गरेको आरोपमा महानगरीय अपराध महाशाखाले सिन्धुली घर भएका रोहित विकलाई शुक्रबार पक्राउ गरेको हो ।

रोहित न्यूरोडस्थित मोबाइल पसलमा काम गर्थे ।उनले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सिन्धुलीको तीनथाना गाउँपालिका–३ घर भएका रोहित २२ वर्षका छन् ।बालिकाका परिवारले उनीविरुद्ध महानगरीय प्रहरी वृत्त जनसेवामा उजुरी दिएका छन् ।थप अनुसन्धानका लागी आरोपीलाई वृत्त जनसेवामा पठाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *