नुवाकोट /
त्रिशुली समाज युएईद्वारा तामाङ समुदायको महान राष्ट्रिय पर्व २८५८ औं (ताक/चेन ल्हो) बाघ वर्गको सोनाम ल्होछारलाई लक्षित गर्दै प्रथम ल्होछार फुटबल कप-२०२२ को उपाधी न्यू बोइज क्लबले जितेको छ।

दुबई अल्कोज डुलसको कम्पेक्स रंगशालामा सञ्चालन भएको खेलमा न्यू बोइज क्लबले रोयल आइक्याड क्लब लाई हराउँदै विजेता हासिल गरेको थियो ।
प्रतियोगितामा समूह ए मा ९ वटा र समूह बी मा ८ वटा क्लबले खेलेका थिए ।फेब्रुअरी २६ र २७ तारिक प्रतियोगितामा १७ टिम सहभागी रहेको थियो, न्यू बोइज क्लबले पहिलाे खेलमा योङ ब्वाइज ,दोस्रो Emirates security ,तेस्रो youth sporting गर्दै, रोयल अकार्ड लाई फाइनलमा हराएको थियो ।निर्धारित समय मा एक एक गोल गर्न सफल भएका दुवै टिमले पेनाल्टी मा आफ्नो स्थान सुरक्षित गरी विजेता भनेका थिए ।
विजेता लाई हार्दिक बधाई दिँदै आयोजकले प्रथम पुरस्कार १६०,००० एक लाख साठी हजार भन्दामाथि धन राशिका साथै मेडल प्रमाण पत्र ,दोस्रो उपविजेता लाई करिब १२०,००० एक लाख बीस हजार रूपियाँ मेडल प्रमाण पत्र द्वारा सम्पूर्ण खेलाडीहरुलाई सम्मान गरिएको थियो।

आयोजकले सम्पूर्ण टिमका खेलाडी हरु लाई पौष्टिक खानाको व्यवस्था साथै अन्य आवश्यक सामग्री समेत व्यवस्था गरेको थियो ।त्यसैगरी कार्यक्रमलाई औपचारिक रुपमा उद्घाटन गर्दै प्रमुख अतिथि NRA NCC कार्यकारी अध्यक्ष निरन्जन सिलवाल, विषेश अथिति नेपाली समाज महासचिव बेद प्रसाद अर्याल आदिवासी जनजाति युवा मासंघको अध्यक्ष दीपक मगर, मितेरी समाज युएईका अध्यक्ष प्रदीप मगर, तामाङ समाज युएईका पुर्व अध्यक्ष राम मोक्तान
लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको रोबारमा युएईको राष्ट्रिय गीत सँगै नेपाली राष्टिय र वल्डकप फिफा गीतको साथमा नेपाल तथा युएई झन्डा फर्फराउँदै कार्यक्रम उद्घाटन गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट खेलाडीहरुलाई उपाधिसँगै वेस्ट गोल किपर, बेस्ट खेलाडी ,बेस्ट कोच लगायत रेफ्री लाई मेडल ताथ सामानपत्रद्वारा सम्मानित गरेको थियो। करिब २० घन्टा संचालनमा रहेको खेलमा कुनै पनि गम्भीर चोट पटक तथा अप्रिय घटना भने नभएको आयोजकले बताएको छ। कार्यक्रम सफल भएकोमा त्रिशुली समाज युएई अध्यक्ष लोकेन्द्र तामाङले सम्पूर्ण सहभागी टिम प्रमुख अतिथि बिशेष अतिथि उपस्थित दर्शकहरु विभिन्न तहबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीहरु, निरन्तर खटिएका समाजका सदस्यहरु लगायत , कर्यक्रम लाई प्रायोजक गर्नु हुने शुभ यात्रा ट्राभल र एभरेष्ट १०० रेस्टरेन्ट तथा मिडिया कर्मी नेपलीज ग्रुप लाई विशेष धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय