नुवाकोट /
जिल्लाको म्यागङ गाउँ पालिका चोरी भएको बाईक खोज्ने क्रममा चोरीको बाईक फिट गर्ने वर्कशप फेला परेको छ।गतराती म्गागङ -६ ,चिलाउनेवासका बिकास डंगोलको ड्रुक बा ६९ प ९९६५ को बाईक खोज्ने क्रममा म्यागङ-४ स्थित किम्ताङको गैरकानुनी वर्कशपमा भेटिएको हो ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

उक्त बाईकको चोरी भएको १ घन्टा भित्र पार्टपुर्जा निकाली बागमती प्रदेश -०२ ,०२७ प ४८४९ नम्बरको बाईकमा जडान गरिएको अबस्थामा भेटिएको थियो ।उक्त स्थानमा अन्य बाईकहरुको पार्ट पुर्जा निकालिएको अबस्थामा भेटिएको पिडित बिकास डंगोलले नुवाकोट जागरणलाई बताए। उक्त स्थानमा चोरीको बाईकको वर्कशप रहेको आशंका गरिएको छ।

वडा अध्यक्ष कमलबहादुर तामाङसंग खबर गर्दा आफू पनि त्यही विषयमा प्रहरी चौकी जाँदै गरेको र पुगेपछि पुर्ण बिवरण दिने बताए ।वाईक चोरी भएपछि र भेटिएसम्मको गतिविधि प्रहरीलाई जानकारी गराएको , उक्त घटनामा जिल्ला प्रहरी कार्यलयबाट टोली आउन लागेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय