काठमाडौ /
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले संसद अवरोधको निकास खोज्न नसक्नु गैर जिम्मेवारीपन भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन्।
उनले जनताको समस्या संसदमा नराखि ज्याला लिनु लज्जास्पद भएको बताए। अध्यक्ष भट्टराईले सरकारले संसदको अवरोध नहटाउनु जनताप्रतिको अपमान भएको आरोपसमेत लगाए।
उनले संसद चल्दै नचलेको बेलाको पनि पारिश्रमिक लिनुपर्दा आफूलाई नराम्रो लागेको पनि बताएका छन्।
उनले भने, ‘यो एकदमै गैर जिम्मेवार भयो। हामी आउँछौँ भत्ता बुझ्छौँ हिँड्छौँ, जनताको समस्या राख्दैनौँ भने बिना कामको ज्याला लिनु राम्रो होइन। यो बेठिक भइरहेको छ।