युक्रेनको पक्षबाट रुस विरुद्ध लड्ने: यि नेपाली युवाले गरे उद्घोष, भिडियो बन्यो भाइरल

अन्तराष्ट्रिय खबर राष्ट्रिय खबर

काठमाडौ /
रूसी आक्रमणको विरोधमा विश्वभरमा नागरिक सडकमा ओर्लिएका छन।यसैक्रममा नेपालका एक युवा रूसविरुद्धको लडाइँमा युक्रेनको पक्षबाट लड्ने भएका छन्।

नेपालबाटै गएका एकजना युवकको भिडिओ बुधबार सामाजिक सञ्जालमा भाइरल बनेको छ। युक्रेनबाटै सार्वजनिक भएको उक्त भिडियोमा नेपाल घर भएको बताउँदै प्रताप बस्नेत नामका ती युवाले रूसविरुद्ध लड्न तयार रहेको बताएका छन्।

‘रूसविरुद्ध लड्न युक्रेनको पक्षमा लागेको छु। यो निर्णय मेरा लागि गर्वको विषय हो’, एक मिनेट लामो उक्त भिडियोमा उनले भनेका छन्,’रूसले युक्रेनमाथि गरेको सैन्य कारबाहीले आफूलाई निद्रा लागेको छैन। म मानवताको पक्षमा छु। म युक्रेनी सेनामा प्रवेश गर्ने निर्णय गरेको छु।’

यो विषयमा नेपाल सरकारले भने कुनै आधिकारिक पुष्टि गरेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *