• कार्तिक ६, २०८३ बिहिबार
    22 Oct, 2026, Thursday

    १ लाखमा नौदिनको नवजात छोरा बेचेर: मोटरसाइकल किन्ने दम्पती पक्राउ


    २०८१ पुष १४, आइतबार

    २०८१ पुष १४, आइतबार

    नुवाकोट /
    एउटा अनौठो घटना प्रकाशमा आएको छ। यो घटना भारतको ओडिसा राज्यको बालासोर जिल्लाको हो।

    एक दम्पतीले मोटरसाइकल किन्नका लागि आफ्नो ९ दिनको छोरो बेचेको पाइएको हो । उनीहरूले ६० हजार भारु नेपाली करिब १ लाखमा छोरो बेचेको प्रहरीले जनाएको छ।

    सो दम्पतीले भने छोरा बेचेको आरोप अस्वीकार गरेको छ। उनीहरूले गरिबीका कारण बच्चालाई पालनपोषण गर्न नसक्ने भएपछि निःसन्तान दम्पतीलाई आफ्नो छोरा दान दिएको बताएका छन्।

    गोप्य सूचनाका आधारमा कारबाही गर्दै प्रहरी र बाल कल्याण समितिको संयुक्त टिमले शनिबार शिशुको उद्धार गरेको छ।

    प्रहरीले भने बच्चा किनबेच भएको गोप्य सूचना अनुसार कारबाही अघि बढाइएको दाबी गरेको छ। प्रहरीले दुवै परिवारलाई बोलाएर यसबारे अनुसन्धान थालेको छ।

    मिल्दो जुल्दो खबर