नुवाकोट /
जिल्लामा बन्दको आंशिक असर परेको छ। लामोदुरीका सवारीसाधन चलेका छैनन् भने छोटोदुरीका सवारीसाधन फाट्टफुट्ट चलेका भएपनी मध्यपहाडी लोकमार्ग ठप्प छ।

जिल्लाको टोखा-छहरे मार्ग, पासाङ ल्हामु मार्ग ,गल्छी-त्रिशुली-मैलुङ-रसुवागढी मार्ग र मध्यपहाडी लोकमार्ग प्राय ठप्प बनेको छ।बट्टार बजारमा बिहानै प्रदर्शन भएको भएपनी अहिलेसम्म जिल्लामा कुनै अप्रीय घटना भने भएका छैनन् ।

आज बन्द आह्वान गर्नेमा विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय