नुवाकोट /
राष्ट्रघाती (MCC)  सम्झौता खारेजको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी नुवाकोटले आज संयुक्त विरोध प्रदर्शन सहित जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न गरेका छन्।

विरोध कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी माओवादी नुवाकोट, कम्युनिष्ट मसाल नुवाकोट, वैज्ञानिक समाजवादि कम्युनिष्ट  पार्टी नुवाकोट, देशभक्त जनगणतान्त्रिक मोर्चा  नेपाल नुवाकोट,  राष्ट्रिय जनमोर्चा नेपाल नुवाकोट, नेपाल कम्यूनिष्ट पार्टी नुवाकोट,नेकपा माओवादी केन्द्र समाजवादीका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयको मूलद्वारमा लामो समय सम्म शान्तिपूर्वक धर्ना दिएका थिए।

प्रशासन परिसरमा कुनैपनि अप्रिय घटना नहोस भन्ने हेतुले जि,प्र.का नुवाकोटले कडा सुरक्षाको व्यवस्था गरिएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय