नुवाकोट /
स्वर्गिय नेता गणेश पण्डितको स्मृतिमा नुवाकोटमा संस्था स्थापना भएको छ ।बाम तथा प्रजातान्त्रिक आन्दोलनका शसक्त “गणेश पण्डित स्मृति केन्द्र”ले सोमवार विदुरमा पत्रकार सम्मेलन गरेर संस्था स्थापना भएको जानकारी दिएको हो।

गणेश पण्डित स्मृति केन्द्रका अध्यक्ष कुमार पण्डितका अनुसार संस्था माघ २३ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको छ ।केन्द्रले गणेश पण्डितको जीवनी देखि सामाजिक जीवनका सबै पाटोहरुलाई युवा पुस्तामा परिचित गराउनका लागि पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

‘छ वटा खण्डामा उहाँका पुस्तक तयार भएको छ, हामी सुरुवातमा उहाँको विषयमा लेखिएको पुस्तक प्रकाशन गर्ने छौ’, अध्यक्ष पण्डितले भने– ‘उहाँको बहुआयामिक र राष्ट्रिय व्यक्तित्वलाई सबै माझ परिचित गराउनु आवश्यक देखेका छौं ।’ उहाँका अनुसार जीवनी, संसदमा स्वर्गिय पण्डितले व्यक्त गर्नुभएका बिचार, सामाजिक जीवन लगायतका विषयमा तयार भएका बेग्लाबेग्लै पुस्तक तयार भएको छ र त्यसको प्रकाशनको अन्तिम तयारी भइरहेको छ ।

गणेश पण्डित स्मृति केन्द्र दुप्चेश्वर गाउँपालिका -७ शिखरवेशी नुवाकोटमा स्थापना भएको छ ।यस केन्द्रले लोकतन्त्र र लोकतन्त्र भित्र संस्कार, आचरण र पारदर्शिताको निम्ति अन्तरक्रिया सञ्चालन गर्ने छ। केन्द्रका सचिव नरहरी पण्डितका अनुसार नेपाली जनताले पटक पटक गरेको ऐतिहासिक जनआन्दोलन, संर्घष, बलिदानको गौरवपूर्ण गाथाको स्मरण र शहिदको सम्मनका लागि समेत केन्द्रले कार्यक्रम सञ्चालन गर्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय