रसुवाको पानी कतार निर्यात शुरु

राष्ट्रिय खबर समाचार

नुवाकोट /
नेपालमा उत्पादित पानी मध्यपूर्वको कतारमा निर्यात शुरू भएको छ। रुद्रगंगा नेचुरल वाटर प्रालिले उत्पादन गरेको ‘रसुवा’ ब्रान्डको पानीलाई दोहाको बजारमा बिक्री शुरू गरिएको हो।

खाडी देशका लागि आधिकारिक वितरक बनेको न्यू लाङटाङ हिमालय ट्रेडिङ एन्ड कन्ट्र्याक्टिङ कम्पनीले पहिलो चरणमा काठमाडौंबाट करीब तीन हजार चार सय किलोमिटर टाढा (हवाई दूरी) को दोहासम्म जहाजमा हालेर लगभग आठ टन पानी पुर्‍याइएको छ।

कतारमा पानी परीक्षण, सरकारी निकायबाट प्रमाणीकरण तथा आवश्यक स्वीकृति पाएपछि बिक्री शुरू गरिएको कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *