नुवाकोट /
चार महिना अघि किस्पाङ गाउँपालिकामा भएको बस दुर्घटनाको र आज आइतवारको दुर्घटनाको बस चालक एकै व्यक्ति रहेको बताइएको छ ।एक स्थानीयका अनुसार चार महिना अघिको उक्त दुर्घटनापछि केही समय अघिदेखि फेरि ति चालकले अहिले दुर्घटना भएको बस चलाउन थालेका हुन ।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

२०७८ कात्तिक १ गते किस्पाङ गाउँपालिका वडा नं. ५ मनकामनाको भुमेस्थानमा एक जनाको ज्यान जाने गरी भएको बस दुर्घटना

यस अघि २०७८ कात्तिक १ गते किस्पाङ गाउँपालिका वडा नं. ५ मनकामनाको भुमेस्थानमा एक जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाकै चालकले आइतवार दुर्घटना गराएका हुन् ।त्यस बेला १२ जना घाइते भएकोमा उपचारको क्रममा एक जनाको निधन भएको थियो ।सोही बसका चालक लबसङ्ग तामाङ आइतवार ८० जना यात्रु बोकेर काठमाडौं हिडेका थिए ।

३२ बर्षिया चालक तामाङ नुवाकोटको म्यागाङ गाउँपालिका वडा नं. २ कै हुन्।अहिले उनको अवस्था सामान्य रहेको छ । ‘एकै व्यक्तिका कारण हाम्रो यो भेगका नागरिकहरू दोहो-याएर दुर्घटनामा पर्नु परेको छ, एक जनप्रतिनिधिले भने– ‘चालकको लापरबाही र अत्याधिक यात्रु संख्याका कारण दुर्घटना भएको देखिएको छ ।’

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय