धादिङ /
धादिङको खनियावास गाउँपलिका वडा २ साबिकको झारलाङमा हेलिकप्टरबाट ट्रान्सर्फमर ढुवानी गरिएको छ।क्युङ, थली, कन्दराङ र गोरगाङमा विगत ६ महिना देखिको विद्युत आपुर्ति समस्या अब हल हुने भएको हो ।
गत असोज देखि विद्युत ट्रान्सफरमर जलेर नष्ट हुँदा विद्युत अवरुद्ध थियो ।नेपाल बिधुत प्राधिकरण धादिङ वितरण केन्द्र अन्तर्गत सेवा लिई रहेको उक्त ठाउँमा असोजबाट टान्सफरमर जलेर सेवा अबरुद्ध मात्रै भएन अकथली क्युङ्ग सडक खन्ने क्रममा HT लाईन ७-८ वटा बिगारी लथलिङ्ग अवस्थामा छाडी दिएको थियो ।