नुवाकोट /
समाजवादी प्रेस संगठन नुवाकोटको जिल्ला कमिटीको अध्यक्षमा जमुना गजुरेल चयन भएको छ ।आज विदुरमा आयोजित प्रथम जिल्ला भेलाले गजुरेललाई अध्यक्षमा चयन गरेको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका उपाध्यक्ष समेत रहेका गजुरेल सहित पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन नुवाकोटको उपाध्यक्षमा हरिराम भेट्वाल, सचिवमा राममणी अधिकारी, कोषाध्यक्षमा दिपक थापा चयन भएका छन् ।यस्तै सदस्यहरुमा बिपस्ना बस्नेत, हरिजगं पाण्डे, सृर्जन पौडेल, मनोज न्यौपाने र सुबास भट्ट रहेका छन् ।

यसैगरी भेलाले समाजवादी प्रेस संगठन बागमती प्रदेश कमिटि सचिव भोला पौडेलको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ ।सल्लाहकार समितिको सदस्यहरुमा राजकुमार अर्याल (पुत्ला) र उत्तम श्रेष्ठ रहेका छन् ।

समाजवादी प्रेस संगठनको प्रथम जिल्लामा भेलामा नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश कमिटी सदस्य यमकुमार खाती, पार्टी उपसचिव उद्वव पनेरु, आर्थिक बिभाग प्रमुख रामकृष्ण राजभण्डारी, जिल्ला कमिटी सदस्य नारायण नेपाल, प्रकाश नेपाल, युवा नेता दिपेश चित्रकार लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x