काठमाडौं /
सामुदायिक विद्यालयका शिक्षकहरु विद्यालयको समयमा विद्यार्थीहरुलाई पढाउने भन्दा पनि आफ्नो फाइदाका लागि अरुतिर भुलिन थालेपछि सरकारले कडाइ गरेको छ ।
मंगलबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगको तयारी कक्षा, कोचिङ पढाउने, अनलाइन कक्षा गराउने गरेको पाइएमा विभागीय कारबाही गर्ने चेतावनी दिएको छ ।
सम्बन्धित सबै शिक्षकहरुलाई यसबारे निर्देशन दिन र इकाइमार्फत नियमित अनुगमनको व्यवस्था गर्न निर्देशन दिइएको छ ।अनुगमनका क्रममा शिक्षक विद्यालयमा रहेर जिम्मेवारी निर्वाह नगरेको पाइएमा कारबाही गरिने भनिएको छ ।