नुवाकोट /
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रिय सदस्य डा. भिमलाल तामाङले आफू र आफ्नो पार्टी शतप्रतिशत पासाङ ल्हामु मार्गका जनताको साथमा रहेको बताएका छन् ।
बिगत १० वर्षदेखी पासाङ ल्हामु मार्ग अलपत्र अवस्थामा छ। ठेक्का लागेर पनि ७ वर्षदेखी निर्माण ठप्प छ।स्थानीय युवाहरु आन्दोलित छन् ।स्थानीयहरुले “नो रोड नो भोट” अभियान चलाएका छन् ।यसैक्रममा डा. तामाङको यस्तो धारणा आएको हो।
उनले मंगलबार बिहान सामाजिक संजालमा लेख्दै यस्तो बताएका हुन।उनले लेखेका छन् ;”सहने र पर्खनेको पनि एउटा सिमा हुन्छ अति नै भएपछि जनता सडकमा निस्कनु पर्ने एक बाध्यता हो । शक्तिको आडमा देश बिकाशको काममा यो भन्दा बढी लापरवाही के हुन सक्छ ?? पासाङ ल्हामु मार्गको जनता संग म र मेरो पार्टीको सत प्रतिशात साथ र समर्थन छ ।”