नुवाकोट /
नेपाली काङ्ग्रेस म्यागङ गाँउपालिका तरूण दलको अध्यक्षमा अरुण तामाङलाई चयन भएको छ भने महिला संघको अध्यक्षमा कन्याकुमारी तामाङ चयन भएकी छिन।
सोमबार दिउँसो देउरालीमा आयोजित नेपाल महिला संघ तथा तरुण दल म्यागङ गाँउपालिका गठन कार्यक्रममा तामाङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका हुन् ।
दलको अध्यक्षमा तामाङ ,उपाध्यक्षमा रघु तामाङ, सचिवमा प्रकाश तामाङ,कोषाध्यक्षमा टेक राज घले सदस्यहरुमा जेरेन्द्र कुमार तामाङ,झोर मान तामाङ,बुद्धि बाहादुर तामाङ ,सन्तमान तामाङ ,अमीर तामाङ,विवस तामाङ,यूगल तामाङ,ईन्द्र तामाङ,श्याम कुमार तामाङ,नामगेल तामाङ,किरण तामाङ,गौतम घले,हिरा लाल तामाङ,प्रताप तामाङ,रोशन घले,कपिल तामाङ र विनय तामाङ रहेका छन्।
त्यसै गरि नेपाल महिला संघ म्यागङ गाउँपालिका कार्य समितीको अध्यक्षमा कन्या कुमारी तामाङ र सचिवमा रविना सापकोटालाई चयन गरेको छ।
उक्त कार्यक्रममा काङ्ग्रेस २ नम्बर क्षेत्रीय सभापति जगत तामाङ ,मेघाङ गाउँपालिका प्रमुख तथा काङ्ग्रेस नेता आशा तामाङ ,उप प्रमुख तथा काङ्ग्रेस नेतृ शान्ति लामा वडा नम्बर -६ का अध्यक्ष तथा नेता आतम सिं तामाङ लगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।