
नुवाकोट /
नेकपा (माओवादी केन्द्र) म्यागङले २७ औं जनयुद्ध दिवस मनाएको छ। सहिदहरु प्रती श्रद्धाञ्जली घाइते अपाङ्ग र बेपत्ता योद्वाहरुको सम्मान तथा जनयुद्धको समग्र संस्मरण गर्दै उक्त दिवस मनाएको हो।
म्यागङको देउरालीमा सहिदहरु प्रती श्रद्धाञ्जली अर्पण गरेर बेपत्ता योद्धाहरु प्रती सम्मान प्रकट गर्दै शुभकामना आदानप्रदान गरिएको हो।
उक्त सभामा जिल्ला र प्रदेश लगायत गाउँपालिका ,वडा र टोल कमिटिका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो।