देउडी,नुवाकोट ।
नेपाली काङ्ग्रेस ईकाई कार्यसमिति विदुर नगरपालिका -१३को पार्टी कार्यालय भवन माननीय संघीय साम्सद बहादुर सिंह लामाले शिलान्यास गरेको छ।

शनिबार विदुर-१३ डेउडीमा एक कार्यक्रम आयोजना गरि पार्टी कार्यालय भवन शिलान्यास गरिएको हो।

शिलान्यास कार्यक्रममा नेपाली काङ्ग्रेस नुवाकोटका पार्टी सचीव श्रीराम श्रेष्ठ ,क्षेत्रीय सभापति जगत बहादुर तामाङ,महासमिति सदस्य फैसिङ तामाङ ,शान्ति लामा, गीता अमात्य ,प्रदेश माहाधिबेसन प्रतिनिधि बिराज लामा,प्रदेश सभापति गणेशमान तामाङ,विदुर नगरपालिकाका मेयरका प्रत्यासी उम्मेदवार तथा नेता धुर्ब अधिकारी , नेतृ बिन्दा अर्याल ,विदुर-१३का अध्यक्ष दल ब तामाङ ,बि न पा ८ का इकाइ सभापति उमंग शाक्य,बिनपा १३ नेकपा समाजवादी पार्टिका नेता राम कुमार बस्नेत र अध्यक्ष टेक बहादुर खड्का लगायत इकाइ कार्यसमितीका पदाधिकारीहरु तथा स्थानियहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो।

प्रमुख अथिती तथा संघीय साम्सद लामाले विदुर -१३को स्वास्थ्यचौकी तथा नव निर्मित पार्टी कार्यालय जाने पक्की पुल र बाटोको लागि सम्बन्धित निकायमा पहल गरिसकेको कार्यक्रममा जानकारी गराउनु भएको छ।

स्थानीय युद्ध बाहादुर सिंह ठकुरीले उपलब्ध गराएको जग्गामा नेपाली काङग्रेस क्षेत्रीय कोषाध्यक्ष तथा समाजसेवी, युवा नेता जितेन तामाङको ब्यक्तिगत खर्चमा पार्टी कार्यालय भवन बन्न लागेको १३ वडा ईकाई सचीव राजकुमार अधिकारीले बताउनुभयो।

सचीव अधिकारीले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व इकाई सभापति हरेराम पौडेल गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय