नुवाकोट /
जिल्लाको लिखु गाउँपालिका -५ घर भएका मृगौला पिडित रामबिलास खुलालको उपचारका लागि रकम संकलन हुन थालेको।त्यसै क्रममा जिल्ला कै म्यागङ -५ सामरीमा रामप्यारी रानाले संकलित रकम हस्तान्तरण गरेका हुन।
पिडित कै घरमा पुगेर रानाले संकलित रकम २०६३०/- (बिस हजार छ सय तीस)श्रीमती मिना खुलाललाई हस्तान्तरण गरेका हुन।
नुवाकोट जागरणसंगको प्रत्यक्ष भेटमा अभियन्ता रामप्यारी रानाले तन,मन र धनले सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिएकी छिन।