एजेन्सी/
दक्षिण कोरियाली कम्पनीले नाक मात्र छोप्ने मास्क बजारमा ल्याएको छ। मुख खुल्ला छोड्ने यो मास्क कोरियाली कम्पनी एटिम्यानले बजारमा ल्याएको हो।

‘कास्क’ नामको नयाँ मास्क सार्वजनिक भएपछि दक्षिण कोरियामा यसको माग बढेको छ। यो मास्क विशेष उद्देश्यका लागि बनाइएको हो। वास्तवमा, कोरोनाको समयमा मानिसहरू खाना खान बाहिर जाँदा तिनीहरूले पूरै मास्क फुकालेर खानुपर्छ।

यस अवधिमा संक्रमणको खतरा हुन्छ। तर अब खाना खाँदा नाकलाई छोप्न सकिने बताइएको छ। कोरियाका स्थानीय सञ्चारमाध्यमले कोरोनाभाइरस शरीरमा प्रवेश गर्ने सबैभन्दा उपयुक्त तरिका नाक भएकाले यो मास्क व्यवहारिक रहेको बताएका छन्।

यसले कोरोना संक्रमण दर रोक्न सकिने दाबी कम्पनीले गरेको छ। नाकमा मात्र लगाउने मास्कलाई पूरै अस्वीकार गर्न नसकिने उनीहरूको भनाइ छ। तथापि, सामाजिक संजालमा मानिसहरूले पनि यस मास्कको मजाक उडाएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x