काठमाण्डाै /
आफूलाई प्रहरी सहायक निरीक्षक (असई) भएकाे बताउँदै हिड्ने एक व्यक्ति काठमाण्डाैबाट पक्राउ परेका छन् ।आज बुधवार दिउँसाे भद्रकाली चेक प्वाइन्टमा जाँच गर्ने क्रममा तामाङले आफू असई भएकाे बताएपछि प्रहरीलाई शङ्का लागेको थियो।
पक्राउ पर्नेमा भक्तपुरकाे सूर्यविनायक नगरपालिका ८ डाेलेश्वरका साेनाम तामाङ रहेका प्रहरीले जनाएकाे छ ।उनकाे साथबाट असईकाे ड्रेस र दर्ज्यानीसमेत लगाएकाे आठ वटा पासपाेर्ट साइजकाे फाेटाे फेला परेकाले पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
घटनाको सम्बन्धमा प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेकाे महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताएका छन् ।