नुवाकोट /
१२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।किस्पाङ गाउँपालिका वडा नं ३ अर्काबेशीका एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा किस्पाङ -३ अर्काबेशी बस्ने २० वर्षीय परिमान तामाङ रहेका छन्।उनले सोही ठाउँकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
तामाङले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी किस्पाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।उनलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।