काठमाडौं /
सामाजिक संस्था खोलेर या बिभिन्न अभियानहरु चलाएको बहानामा हुने गरेका असामाजिक कामहरुको बारेमा बेला बेलामा संचार माध्यममा समाचार आउने गरेका छन् ।
२०६९ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपाल नामक संस्थाले रु.५००० लिई सयौं जनालाई आफ्नो संस्थाको आजिवन सदस्य समेत बनाएर केहिसमय संस्थाका कार्यसमितिका सदस्यहरुले आफु अनुकुल अख्तियार दुरुपयोग अनुसन्धान आयोग संग मिलि कार्यक्रम अगाडी बढाएकोमा ,कार्यक्रम चलिरहेकै अबस्थामा पदाधिकारीहरु बिच मनमुटाव भई सिमित ब्यक्तिहरुले संस्थालाई मागिखाने भाँडोको रुपमा आफ्नो स्वार्थ अनुकुल प्रयोग गरेको तथा सो संस्थाको हिसाब किताब समेत पारदर्शि रुपमा फस्र्याेट नगरी सोहि प्रकृतिको अर्को संस्था भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल नामक संस्था खोलेर कार्य अगाडी बढाई रहेको जानकारीमा आए पछि आफु ठगिएको भन्दै भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपाल का आजिवन सदस्य चुडा बहादुर खड्का (मिलन)ले जिल्ला प्रशासन कार्यलय काठमाडौंमा एक उजुरी समेत दर्ता गराएका छन् ।
हाल भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालका तत्कालिन अध्यक्ष भविस्वर पराजुली ने.क.पा. गौरवशाली पार्टी खोलेर अध्यक्ष बनेका छन् भने तत्कालिन उपाध्यक्ष ÷ महासचिव शुदर्सन पौड्याल सो पार्टीको कार्यालय टिम र भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल नामक संस्था दर्ता गरी अध्यक्ष बनिरहेका छन् ।
सामाजिक संजालमा आफ्नो प्रभुत्व जमाएर अरुलाई प्रभाव पार्न पौड्यालले दुवै संस्थाको लोगो रहेको दुईवटै फेसबुक एकाउन्ट समेत चलाई रहेका छन् ।
तत्कालिन संस्थाको कोषाध्यक्ष ङिमा दिकी शेर्पा सो पार्टीमा सचिवमलयमा र हालको संस्थामा समेत कोषाध्यक्ष रहेको बुझिएको छ ।कुनै कोटामा उनि टानको सदस्य पनि रहेको भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालका आजिवन सदस्य चुडा बहादुर खड्का (मिलन)ले जानकारी दिएका छन् ।
अख्तियार लगाएत सरकारी निकायका केहि ब्यक्तिहरु संग मिलेर स्ट्रिङ अप्रेशनमा समेत भागलिएर कामगरेको यो संस्थाका पदाधिकारी हरुको जिवन स्तर परिवर्तन हुनु तर संस्थालाई नविकरण गरेर अगाडी बढाउन नसक्नुले संस्थाको दुरुपयोग भएको आशंकामा संस्थाको आधिकारीक ब्यक्तिहरुलाई पटक पटक संपर्क गरेर संस्थाको बारेमा जानकारी लिन खोज्दा जानकारी दिनुको सट्टा संपर्कनै नगरी टार्न खोजेकोले यसरी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु परेको खड्काको दाबि छ ।
अझ केहि प्रमाणहरु संकलन गरेर सम्पति शुद्धिकरण र अनुसन्धान बिभागमा समेत जाने तयारी रहेको उनले जानकारी गराए ।खड्का भन्छन् “समाजसेवाको नाममा भएका असामाजिक कार्यको भण्डाफोर गर्नु हाम्रो दायीत्व हो” ।