नुवाकोट /
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई नुवाकोटबाट पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका-८ का ४० वर्षीय लबराज ओली रहेका छन् ।

उच्च अदालत पाटनको २०७७ फागुन २३ गतेको फैसलाले ओलीलाई ४ दिन कैद र ९ लाख ६३ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बुधबार नुवाकोटको गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरेको जनाएको छ ।

ओलीले २०७६ वैशाख ४ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर ज्योति विकास वैंक लिमिटेड (साविकको हाम्रो विकास वैंक लिमिटेड)मा रहेको खाताबाट भुक्तान हुने गरी पीडितलाई ९ लाख ६३ हजार रुपैयाँ बराबरको चेक काटेर दिएका थिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x