धुन्चे/
सुख्खा पहिरोका कारण जिल्लामा एक कामदारको निधन भएको छ ।उक्त पहिरोमा परी गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे निवासी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

निमित्त प्रहरीप्रमुख गणेश सापकोटाका अनुसार निर्माण हुन लागेको ७८ मेगावाट क्षमताको सालासुङ्गी हाइड्रो पावर जाने सडक विस्तारका क्रममा पहिरो जाँदा तामाङको मृत्यु भएको हो ।घटनास्थल थाम्वुचेतमाथि तातोपानी जाने बाटोको गोङगाङ गाउँमाथि भएको बताइएको छ।

यस्तैगरि सोही पहिरोमा परी गम्भीर घाइते भएका अर्का कामदार आमाछोदिङ्मो गाउँपालिका–५ गोङ्गाङ निवासी ५४ वर्षीय कार्साङ तामाङलाई भने उपचारार्थ सिम्रिक एअरको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x