राष्ट्रिय परीक्षा बोर्डले तोके भन्दा ३ गुणा, बढी शुल्क लिदै बिद्यालयहरु

समाचार

काठमाडौं /
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको सुचना बिपरित धेरै विद्यालयहरुले कक्षा ११ र १२ को रजिष्ट्रेशन शुल्कमा मनपरी लिएको पाएको छ।

देशभरका धेरै जसो विद्यालयमा परीक्षा नियन्त्रण कायालयले निर्दिष्ट गरेको शुल्क भन्दा धेरै लिएको विभिन्न विद्यालयका विद्यार्थीहरूको भनाई छ । विभिन्न बाहानामा विद्यार्थीहरूसंग चर्को शुल्क उठाई रहेको र सोहि बिरोध गर्दा विद्यालयले धम्कयाउने गरेको विद्यार्थीहरु बताएका छन् ।
पनिकाले कक्षा ११ ने रु ४ सय र कक्षा १२ को ने रु ६ सय तोके पनि देश भर का विद्यालयहरुले २ हजार भन्दा बढी शुल्क लिएको पाएको छ। देशको भरको लाखौं विद्यार्थी बाट चर्को शुल्क लिदा करोडौंको गैर कानुनी रकम उठाउदा नी सरकार मौन बस्नु अचम्म रहेको एक विद्यार्थीले पिटि अनलाईन बताए। उनको अनुसार सम्बन्धि निकायलाई यो बारे ध्यानाकर्षण गराएपनी कारबाही नभएको गुनासो गरेका छन् ।
पनिका अनुसार अतिरिक्त विषयको तोकिएको शुल्क लिन पाईने भएपनि विद्यालयहरुले अनिवार्य विषयमा शुल्क लिएको पाएको छ। हाम्रो सम्पर्कमा आएका एक बिद्यार्थीको अनुसार कक्षा १२को परिक्षा शुल्क ६ सय तोकिएपनी उनको विद्यालयले अतिरिक्त शुल्क १ सहित १९ सय लिएको र शुल्क बढी भएको भन्दा धम्काएको बताएको छ।

विद्यार्थीहरूको रजिष्ट्रेशन आवेदन फाराम प्रविष्टी, रकम दाखिला एवं फाराम बुज्ने/बुझाउने सम्बन्धमा परीक्षा नियन्त्रण कायालयले पुर्ण जानकारी दिइ सकेको भएपनि विद्यालयले मनपरी गरेको र यसको समाधानको लागि सम्बन्धित विद्यालयलाइ कारबाही गर्न विद्यार्थीहरूले माग गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका सम्पूर्ण कार्यालयहरूले आ-आफ्नो कार्य क्षेत्रभित्रका विद्यालयहरुलाई जानकारी गराई प्राकाशित सूचना वमोजिम गर्नु गराउन अनुरोध गरेको थियो।

शुल्कको बिषयमा प्रतिक्रिया लिन पटक पटक पनिकाको फोन नम्बरमा सम्पर्क गरेपनि फोन नउठेको नुवाकोट जागरणको संवाददाताले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *