
नुवाकोट/
संगम सेवा समाज दोहा कतार तथा संगम सेवा समाज संस्था नुवाकोटको संयुक्त आयोजनामा यहि माघ १३ गते बिहान ११ बजे मञ्जुश्री संवत् २८५८ औं सोनाम ल्होछार (ता – ल्हो) बाघ वर्गको पावन अवसरमा किस्पाङ गाउँपालिका ४ साल्मेमा “मनेगङ छ्योर्तेन समुद्घाटन समारोह तथा वृहत् साँस्कृतिक कार्यक्रम २०७८ आयोजना गरिएको छ।
माननीय पूर्व मन्त्री एवम् एमालेका प्रभावशाली नेता शेर बहादुर तामाङको प्रमुख आतिथ्यमा तथा विशिस्ट अतिथि गणहरुको उपस्थितिमा हुन गइरहेको उक्त धार्मिक तथा साँस्कृतिक कार्यक्रममा (धर्म गुरु लामा) नवाङ सम्तेन (टुल्कु) लगायत अन्य लामा गुरुहरुको विशेष उपस्थितिमा बौद्ध धर्मअनुसार साङ सेर्क्येम/ शुद्धिकरण विशेष पुजापाठ मोलम प्रवचन दिइने हुँदा यस्तो पुण्यको कार्यमा कार्यक्रममा आमन्त्रित अतिथिहरु, सहयोगीहरु साथै पायक पर्ने बौद्धधर्मावलम्बीहरु, एवम् सोनाम ल्होछार प्रेमी तामाङ तथा समस्त गैर तामाङहरु उपस्थिति भइ कार्यक्रमलाई सफल बनाई दिन कार्यक्रमका संयोजक तथा संस्थाका प्रमुख सल्लाहकार समेत रहेका समाजसेवी वाङ्ज्यु लामा तामाङले नुवाकोट जागरण मार्फत हार्दिक निमन्त्रणा तथा अनुरोध गर्नु भयो।
दुई चरणको कार्यक्रमलाई थप आकर्षक मनोरञ्जन प्रदान गर्न नेपालका विभिन्न विधामा पोख्त, ख्यातिप्राप्त हस्ति अतिथि कलाकारहरु:-चर्चित गायक तथा संगीतकार फुल कुमार बम्जन, म्हेन्दोमाया किङ सागर एस. वाइबा, चर्चित गायिका मन माया तामाङ, गायक तथा नायक आरम्भ तामाङ, नायक/निर्देशक राज किङ वाईबा, नायक/ निर्देशक सिङ्ग बहादुर तामाङ, डान्सर निर्मल तामाङ, गायक सौराम तामाङ, गायक शिशिर थोकर तामाङ, गायक मिलन एस. वाइबा, गायक मनोज लोप्चन, मोडल शान्ति लामा, गायिका सुनिता तामाङ, गायक फुर्वा लामा, गायिका निशा लामा, गायिका जेसुम वाईबा, गितकार राज लोप्चन लगायत अन्य स्थानीय चर्चित कलाकारहरुको साथमा गायन तथा बेजोडको नृत्य प्रस्तुति रहने कलाकार संयोजक मोन राज घले ले बताए।
विश्वव्यापी कोभिड १९ को असहज परिस्थितिमा समेत आफ्नो ज्यानको प्रवाह नगरी अत्यन्त अमुल्य समय खर्चेर मने छ्योर्तेन निर्माण अभियान सफलता पार्न अभियानमा आवद्ध रही प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सुरुको दिनदेखि सम्पन्न गर्दा सम्म अहोरात्र खटेर तन मन कर्म वचन र आर्थिक, नैतिक तथा भौतिक रुपमा अतुलनीय सहयोग पुर्याउने सहयोगी दाताहरु साथै समाजसेवी/जनप्रतिनिधि/छ्योर्तेन निर्माणका हेड मिस्त्रीहरु, किस्पाङ गाउँपालिका, अन्य प्रायोजकहरु लाई समेत सम्मान पत्रद्वारा विशेष सम्मान गरिनुका साथै आर्थिक सहयोगीहरुको छ्योर्तेन परिसरमा शिलापत्रमा नाम, ठेगाना, सहयोग रकम खुलाउने गरि सम्पूर्ण व्यवस्था गरिसकेको हुँदा त्यस दिन सम्बन्धित सम्पूर्णमा उपस्तिथिका लागि संस्थाका सचिव पूर्णमान तामाङ साथै छ्योर्तेन निर्माणका प्रमुख व्यवस्थापक धन बहादुर घले ले हार्दिक अनुरोध गरेको छ।
आयोजकका अनुसार कार्यक्रम उद्घोषक भने म्हेन्दोमाया क्षेत्रका चर्चित गायक तथा कुशल कार्यक्रम सञ्चालकको रुपमा परिचीत प्रखर वक्ता आशिक गोङबो तामाङले गर्ने स्याडूल रहेकोे छ ।
आयोजक :- संगम सेवा समाज दोहा कतार र संगम सेव समाज संस्था नुवाकोट को संयुक्त आयोजनामा
मिति :- २०७८ माघ १३ गते
स्थान :- किस्पाङ- ०४ साल्मे, माने डाँडा नुवाकोट
समय :- बिहानको ११ बजे देखि
थप जानकारी को लागि सम्पर्क व्यक्तिहरु:-
संयोजक: वाङ्ज्यु लामा मो. 9808961632
व्यवस्थापक:- धन ब. घले मो. 961107778
कलाकार संयोजक:- मोनराज घले मो. 9849484090/9882071180
जनप्रतिनिधि:- एकराज घले मो. 9880754370
प्रचारप्रसार संयोजक:- डिबि तामाङ मो. 9818973203/9745345465