तामाङ समाज कतारले २८५८ औं सोनाम ल्होछारको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै

समाचार

दोहा कतार/
“तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण” भन्ने मुल नाराका साथ सन् २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले विगतका बर्षहरुमा झै यो बर्ष पनि कोरोना महामारीलाई मध्यनजर राख्दै सामाजिक दुरि कायम गर्दै तामाङ जातिको महान पर्व मन्जुश्री सम्वत् २८५८ सोनाम ल्होछार ताक(च्यान) ल्हो बाघ वर्गको शुभ अवसरमा शुभकामना अदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२२ यहीँ आउदो फेब्रुअरी ४ शुक्रबारको दिन भब्य आयोजना गर्ने भएको छ।

समाजको प्रथम उपाध्यक्ष संजय डिमडुङ तामाङको संयोजकत्वमा पाँच सदस्यीय टोलि ल्होछार मुल समारोह समिति गठन गर्दै कार्यलाई तीव्रता दिएको पनि संस्थाको प्रमुख सल्लाहकार धिरेन तामाङले जानकारी गराउनु भएको छ। साथै उक्त कार्यक्रममा नि: शुल्क यातायातको ब्यवस्था पनि रहेको र सो जिम्मेवार संस्थाको कोषअध्यक्ष मोईराम तामाङले लिएको पनि उहाँले बताउनुभयो।

कतारलाई कर्माथालो बनाउदै आउनु भएको तामाङ दाजुभाइ दिदिबहिनीहरुको साथ समर्थनमा स्थपित संस्थाले तामाङ तथा गैर तामाङ दाजुभाइ दिदिबहिनीहरुलाई विभिन्न स्थानीय भईपरी आएको समस्याहरुलाई पनि आर्थिक नैतिक रुपले समाधान गर्ने सोच र परदेशमा रहिरहेता पनि आफ्नो भाषा,धर्म, संस्कार, सांस्कृति,पहिचानको जगेर्ना गर्ने उदेश्यको साथमा विशुद्ध सामाजिक संस्थाको रूपमा रहेको एकमात्र संस्था तामाङ समाज कतार रहेको पनि वर्तमान अध्यक्ष सुभाष पाख्रीन तामाङले बताउनु भएको छ। विगतको वर्षहरुमा झै यसपालिको ल्होछार साँस्कृतिक कार्यक्रममा पनि विभिन्न खानाको परिकारहरुको साथमा स्थानीय कलाकारहरुले भरपुर मनोरंजन दिलाउनेमा पनि उहाँ बिश्वासता रहेको र ४ फेब्रुअरी शुक्रबारको दिन अलदोसरी पार्क साहनिया जु मा सबैलाई उपस्थितिको लागि पनि उहाँले निमन्त्रणा गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *