धादिङको सेर्तुङमा सडक पुगेको खुसियालीमा: डोजरलाई पुजा र चालकलाई सम्मान

समाचार

धादिङ /
उत्तरी धादिङको सेर्तुङ गाउँ संडक संजाल सँग जोडिएकोमा खुसीयाली मनाएका छन् भने डोजरलाई पुजा गर्दै डोजर चालकलाई सम्मान गरिएको छ ।

पूर्व मन्त्री दिनमान पख्रीनको व्यक्तिगत खर्चमा डिपीआर भए सँगै निमार्ण कार्य भएको दामन पाख्रिन राजमार्ग अन्तर्गतको सडक खण्ड रुबी भ्यालीको सेर्तुङ गाउँ संडक संजालले जोडिए सँगै आईतबार डोजरलाई पुजाआजा, डोजर चालकलाई सम्मान गर्दै स्थानीयले खुसीयाली मनाएका हुन् ।

सडक खण्डको ट्रयाक खनेर रुबी भ्याली ३ पुर्याएको डोजर चालकलाई स्थानीयले भव्य स्वागत गर्दै सम्मान गरेका थिए ।अब धादिङको रुबीभ्यालीको लापा रहेको वडा मात्रै सडक संजाल सँग जोडिन बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *