काठमाडौ /
नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीलाई कोभिड भएको पुष्टि गरेका हुन।
मुख्य विपक्षी दलका नेता समेत रहेका ओलीको स्वास्थ्य टीमसम्बद्ध चिकित्सकका अनुसार ओली र उनकी श्रीमती राधिका शाक्य दुवै सङ्क्रमित छन् र उनीहरू बालकोटस्थित निवासमा एकान्तवासमा रहेका छन्।
ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।