देउराली/
म्यागङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ३ दिन बन्द हुने भएको छ।आ.व. ०७७/७८ को अन्तिम लेखापरिक्षणको कार्य हुने भएकोले अत्यावश्यक बाहेकका अन्य सेवा ३ बन्द हुने भएको हो।
गाउँपालिका कार्यालयले आज आइतबार एक विज्ञप्ति मार्फत उक्त कुराको जानकारी गराएको हो। उक्त विज्ञप्ति अनुसार २०७८ / १० / ० ९ देखि हुन गइरहेको लेखापरीक्षणको कारण सम्पूर्ण शाखा प्रमुखहरु उक्त कार्यक्रममा संलग्न रहनुपर्ने भएकोले आजको मितिबाट ३ दिन सम्म यस गाउँपालिकाबाट प्रदान गरिने अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द रहने व्यहोरा सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ। साथै सेवा बन्दका कारण हुने असुविधा प्रति हामी क्षमाप्रार्थी छौ ।