ओखलढुंगा /
गुडिरहेको जीपमाथि ढुङ्गा खस्दा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका गहतेबाट सदरमुकामतर्फ जाँदै गरेको बोलेरो जीप गुडिरहेकै बेला सोतीभीरमा ढुंगाले किचिन पुगेको हो ।

ओखलढुंगा प्रहरीका अनुसार डोजरले निकालेको ढुंगा पल्टिएर जीपमाथि खसेको हो ।सो क्रममा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।

सडक निर्माण कार्य चलिरहँदा डोजरले माथिबाट लडाएको ढुङ्गा को १ ज ३५६९ नम्बरको जीपमाथि खसेको हो ।

सो दुर्घटनामा परी मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका– १ का ७ वर्षीय युनिषा कोइराला र १० वर्षीय इशव कोइराला तथा मानेभञ्ज्याङ गाउँपालिका– १ का ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।यसैगरी घाइते हुनेमा देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ र लक्ष्मी कोइराला रहेका छन् ।

घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौँ पठाउने तयारी रहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x