
सामरी/
म्यागङ ५ को सामरी बजारमा रहेको ज्योति विकास बैंकको शाखा कार्यालय आज आइतबारदेखि स्थानान्तरण भएको छ। पहिलेको ठाउँबाट १०/१५ मिटरको दुरिमा उक्त बैंक स्थानान्तरण गरिएको हो।
माघ ९ गते आइतबार नयाँ भवनको दोस्रो तल्लामा एक बिशेश कार्यक्रमको आयोजना गरेर स्थानान्तरण भएको हो।उक्त कार्यक्रममा ज्योति बिकास बैंकका नुवाकोट क्लस्टर मोहनराज गिरि, शाखा प्रवन्धक सुजन बज्राचार्य, वडा अध्यक्ष रामबहादुर तामाङ ,समाजसेवी रामेश्वर खड्का ,प्रहरी प्रशासन लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो।