काठमाडौ /
एसोसिएशन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए)को परीक्षामा नेपाली विद्यार्थी रिया मानन्धर विश्वकै उत्कृष्ट बनेकी छन्।

उनले गत डिसेम्बर २०२१ मा लिएको कर प्रणालीको परीक्षामा संसारभरका १३ हजार विद्यार्थीलाई उछिनेकी हुन्। यस परीक्षामा सहभागी ६ हजार चार सय विद्यार्थी उत्तीर्ण भएका थिए।

२० वर्षीय मानन्धर हाल ब्रिटिश प्रोफेसनल कलेजमा अध्ययनरत छन्, जुन एसीसीएको सम्बन्धन प्राप्त कलेज हो। उनले दुई सय पाउन्ड स्ट्रलिङका साथसाथै एसीसीएबाट प्रमाणपत्र पनि पाउनेछिन्।

विश्वव्यापी संयन्त्र भएको एसीसीएमा दुई लाख ३३ हजार पेशागत एकाउन्टेन्ट आबद्ध छन्, जसमा १७८ देशका पाँच लाख ३५ हजार विद्यार्थी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x