
नुवाकोट/
जिल्लाको बट्टार क्याम्पसमा लामो समय देखि रिक्त रहेको क्याम्पस प्रमुख पदमा जितेन्द्र अर्याल चयन भएका छन् ।आइतबार बसेको संचालक समितिको बैठकले अर्याललाई प्रमुखमा चयन गरेको हो।
क्याम्पसमा उपप्राध्यापक पद सम्हालिरहेका अर्याललाइ आजको मितिदेखि लागु हुने गरि तिन बर्षका लागि चयन गरेको स्रोतले जानकारी दिएको छ । यसअघि क्याम्पसले भोला पाण्डेलाइ कायममुकायम प्रमुख तोकेको थियो। अब क्याम्पस प्रमुखको नियुक्ति संगै पाण्डे पदमुक्त भएका छन् । हाल क्याम्पसमा संचालक समितिको पद समेत रिक्त रहेको अबस्थामा संचालक समितिका सदस्यहरु मध्ये जेष्ठ सदस्य छत्र बहादुर डंगोलको अध्यक्षतामा बैठक बसेको थियो ।

