काठमाडौ /
“झल्ती एप” को नक्कली कर्मचारी बनेर अन्लाईन ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।उनिहरुलाई पर्साबाट पक्राउ गरेको हो।

घटना विवरण अनुसार पिडितहरुलाई मोबाईल नम्बर ९७४८३९६४९२ बाट फोन सम्पर्क गरी आफू Khalti Apps को कर्मचारी हुँ भनी तपाईको खल्ती खाता नविकरण गर्नुपर्ने रहेछ, तपाईको मोबाईल नम्बरमा OTP Code आउछ, उक्त OTP Code अरु कसैलाई नदिई टिपाउनु भनी पिडितहरुलाई बिश्वासमा पारी OTP Code लिई पिडितकै खल्ती आईडी खोली बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्ती जस्ता आईडीमा रकम ट्रान्सफर गरी उक्त रकम बिभिन्न ब्यक्तिहरुको नागरीकताको फोटोकपी पेस गरी IME तथा City Express Money Transfer बाट रकम निकाली लिई अनलाईन ठगी गर्ने कार्यमा संलग्नहरु पक्राउ परेका हुन।

पर्सा छिपहरमाई गा.पा. वडा नं. २ बस्ने बर्ष १८ को निरञ्जन कुमार गुप्ता र सोही ठाउँका करण यादवलाई जिल्ला प्रहरी कार्यालय, पर्सासंग समन्वय गरि पक्राउ गरिएको हो।

उनिहरुलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर काठमाण्डौंमा पठाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय