काठमाडौ /
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले कुखुरा उत्पादनको समस्यालगायतका विषयमा नेपाल कुखुरापालक किसान सङ्घसँग छलफल गर्नुभएको छ ।कुखुरा उत्पादक किसानले मूल्य , बजार , दानालगायतको समस्या लिएर पटकपटक कुरा उठाउँदै आएपछि मन्त्री यादवले सङ्घका पदाधिकारीसँग पशु सेवा विभागको सभाहलमा छलफल गरेर त्यसको समाधान गर्न प्रतिबद्धता जनाउनुभएको हो ।

किसानले चल्लाको गुणस्तर र मूल्य निर्धारण नभएको , उत्पादित कुखुराको मूल्य बढाउनुपर्ने , राष्ट्रियस्तरको मूल्य निर्धारण समिति गठन गर्नुपर्ने , राष्ट्रियस्तरको अनुगमन समिति निर्माण गर्नुपर्न , किसानको सहभागितासहितको राष्ट्रियस्तरको पाल्ट्री विकास बोर्ड गठन गर्नुपर्नेलगायतका माग राख्दै आएका छन् ।दानामा कालोबजारी गरी त्यसको मूल्य उच्च गरेका कारण किसानलाई मर्का परेको भन्दै नेपाल कुखुरा किसान सङ्घका अध्यक्ष झनकप्रसाद पौडलल दानाको मूल्य प्रतिकंजी १६ रुपियाँ घटाउनुपर्ने आफूहरूले माग गरेका बताउनुभयो ।किसानको कुरा सुनिसकंपछि मन्त्री यादवले यस विषयमा उद्योग वाणिज्य , दाना , चल्ला उद्यागी तथा किसानसँग पुनः छलफल गरेर यसको समाधान चाँडै समाधान गर्न प्रतिबद्धता जनाएका मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय