काठमाडौ /
बिभिन्न ब्यक्तिहरुको फेसबुक एकाउन्ट ह्याक गरेर रकम माग्दै अनलाईन ठगी गर्ने एक ब्यक्ति पक्राउ परेका छन् ।उनलाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरेको हो।

सर्वसाधारण लगायत उच्चपदस्थ ब्यक्तिहरुको समेत फेसबुक आईडि ह्याक गरी उक्त आईडिको दुरुपयोग गरि आइडिमा भएका साथीहरुसंग नक्कली ब्यक्ती बनि बिभिन्न बाहाना बनाई आफुलाई अर्जेन्ट समस्या परेको देखाई विश्वास दिलाइ बिभिन्न खातामा पैसा पठाउन लगाइ अनलाइन ठगी गरेको आरोपमा मोरङ पथरी शनिश्चरे न.पा. वडा नं. १० मंगलबारे घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष १८ को किरण पाठक पक्राउ परेका हुन।

उन्लाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु काठमाण्डौ पठाईएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x