नुवाकोट /
कोभिड -१९ को पहिचान , रोकथाम , उपचार र निदानकोलागि त्रिशुली अस्पतालमा विभिन्न पदमा कार्यरत करारका कर्मचारीहरुको तलव चार महिना देखि भुक्तानी नभएकोले यथाशिघ्र तलव उपलब्ध गराई दिनु हुन स्वास्थ राज्यमन्त्री नेपालीलाई ध्यानाकर्षण गराएको छ।

बागमती प्रदेशका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीलाई तलब सेवा, ,सुबिधा र जोखिम भत्ता उपलब्ध गराई दिन तथा जागीरको सुनिश्चितता गर्न ध्यानाकर्षण गराएको हो।

त्रिशुली अस्पताल निरीक्षण क्रममा सोमबार अस्पताल आउनु भएको माननिय मन्त्री नेपालीलाई कोभिड करार कर्मचारीले तर्फबाट डा सुनिल सन्जेल र ल्याब टेक्निसियन स्याम सुन्दर ओझाको नेतृत्वले ध्यानाकर्षण पत्र बुझाएको हो।

COVID – 19 को पहिचान , रोकथाम , उपचार र निदानको निमित्त यस त्रिशुली अस्पतालमा विभिन्न पदमा कार्यरत RT – PCR LAB , COVID – ICU र HDU गरि २० बेड , COVID – WARD का निमित्त ७० वेड , COVID SCREENING र उपचारमा कार्यरक्त मेडिकल अधिकृत , ल्यावरोटरी स्टाफ , नर्सिङ स्टाफ , पारामेडिक्स , कार्यालय सहयोगि गरि विश्व व्यापीरुपमा त्रास फैलिएको अवस्थामा COVID करार सेवाका निमित्त पदपूर्ति गरी काम गरी आएको जानकारी गराएका छन् ।

बड्दै गएको कोरोनाको नया भेरियण्ट ओमिकोन (OMICRON ) भाईरस विश्वव्यापि तथा नेपालमा पनि बढि रहेका अवगत गराउदै यस्तो अवस्थामा पौष मसान्तबाट करार अवधि भंग गरी हटाउन खोजेको भन्ने कुरा सुन्नमा आएकोले माघ बाट सम्पुर्ण COVID करार कर्मचारीहरुको करार अवधि निरन्तरताको सुनिश्चित गरिदिनु हुन र जोखिम भत्ता उपलब्ध नभएकोले उपलब्ध गाराईदिन मन्त्री नेपालीलाई ध्यानाकर्षण गरेको छ।

ध्यानाकर्षण पत्रमा ज्यानको परवाह नगरी नुवाकोट , रसुवा र धादिंङ गरी ३ जिल्लाका विरामीको उपचार गर्न सफल भएको यसै बिच , RT – PCR LAB देशको उत्कृष्ट , COVID ICU जिल्ला लेवलमा सबै भन्दा प्रभावशाली साबित भएको अवगत नै गराउदै अस्पताललाई MSS SCORING मा लगातार दुई वर्ष देशको उत्कृष्ट हुन सफल गर्न यस करार कर्मचारीहरुको योगदान रहेको जनाएको छ ।

ध्यानाकर्षण पत्र बुझिसके पछी राज्य मन्त्री नेपालीले आफ्नो अबको पहिलो काम कर्मचारीको समस्या समाधान गर्ने बिश्वास दिलाएको कर्मचारी स्रोतले जानकारी दिए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x