
नुवाकोट /
जिल्लाको उत्तरी भु-भाग म्यागङ र किस्पाङमा हिमपात भएको छ।गएराती देखि शुरु भएको वर्षा संगै यस क्षेत्रमा हिमपात भएको हो।
म्यागङको किम्ताङ र माथिल्लो भु-भाग तथा किस्पाङको फिकुरी, साल्मे र भाल्चेमा बाक्लो हिमपात भएको छ।
उक्त हिमपात संगै चिसो निकै बढेकोले जनजीवन कस्टकर बनेको छ।यद्यपि हिउँमा खेल्नेहरु पनि प्रसस्तै देखिएका छन् ।