नुवाकोट /
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका डा. प्रकाशशरण महतले महामन्त्रीमा मात्रै क्रस भोट भएकाले आफ्नो पराजय अनपेक्षित भएको बताएका छन्।
उनले सञ्चारकर्मी समक्ष कुरा गर्दै आफ्नो पराजयको पनि समीक्षा हुने बताए।‘समीक्षा गरेपछि थाहा हुन्छ, मेरो उम्मेदवारीको विरुद्धमा को किन लागे भन्ने कुरा अहिल्यै केही नभनौं।’
उनले आफ्नै समूहबाट अन्तर्घात भएको आफूले भन्ने कुरा भएको बताए। ‘अपेक्षा जति गरेको थिए। त्यो अनुसारको नतिजा आएन। मेरो बलियो मत आएको छ ,दुःखी हुनुपर्ने केही छैन। पदमा हुँदा पनि, नहुँदा पनि म पार्टीमा अझै बढी क्रियाशील भएर लाग्नेछु,’ उनले भने। महतले सभापति ज्यूले केन्द्रीय सदस्यमा मनोनित गरिए त्यसलाई स्वीकार गरेर सक्रिय हुँदै अघि बढ्ने पनि बताए।अन्नपूर्ण पोस्टबाट