नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा बहादुर सिंह लामा विजयी

समाचार

नुवाकोट /
नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा नुवाकोटका बहादुर सिंह लामा विजयी भएका छन् ।बिहिबार सम्पन्न आदिवासी जनजातितर्फ केन्द्रीय सदस्यको खुल्लातर्फको मतगणनामा २ हजार ४ मत ल्याएर लामा केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् ।

आदिवासी जनजातितर्फ खुला तर्फबाट विजयी भएका लामा सभापति शेरबहादुर देउवा समूहबाट निर्वाचित भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रिय सदस्यमा निर्वाचित भएका लामा प्रतिनिधिसभाका सांसद समेत रहेका छन् ।उनी निर्वतमान कार्यसमितिको समेत सदस्य रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *