धादिङ/
जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ९ जना र वडा नम्बर ५ खाल्टेका १० जना गरि एउटै नगरपालिकाका १९ जना मजदुर दुबईमा अलपत्र अवस्थामा छन् ।उनीहरु अहिले एउटै कोठामा थुनिएर बसेका छन् ।

काम गर्ने उद्धेश्यका साथ भिजिट भिषामा खाडी मुलुक दुबइ पुगेका उनीहरु भिषाको १९ दिनको म्याद सकिए सँगै कोठामा थुनिएर बस्न वाध्य भएका हुन् ।धादिङबाट भिजिट भिषामा गएपछि काम लगाइदिने सर्तमा हामीले जनही २ लाख ५० हजार बुझाएका थियौं, दुबई आएपछि दलालले विचल्लिी बनाएको पीडित रमेश परियारले बताए ।

नेपालमा भिजिट भिषामा मानिस लगेर काम लगाउने दलालको काम गर्ने नबराज तामाङले दुबइ पुगेर पनि एउटा कोठामा लगेर उनिहरुलाई राखेकाे बताएको छ। १९ जना मानिस खाना खान नपाउने र सुत्न समेत नमिल्ने कोठामा राखिएको सूचना तथा आप्रबासन केन्द्रमा गरिएको उजुरीमा उल्लेख छ ।धादिङ पोस्टबाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय