साउदी अरब/
बुटवलका दामोदर क्षेत्री , गत शुक्रबार दम्माम स्थित पासपोर्ट शिविरमा आफ्नो दु:ख , कै कतैबाट पार लागी हाल्छ कि भनेर दूतावासको प्रतिनिधि र गैर आवासीय नेपाली संघका मध्यपुर्व उप संयोजक तथा संयोजकका उम्मेदवार राजेन्द्र अर्याल जोन लगायत एनआरएनए साउदीका प्रतिनिधिहरुसंघ उद्वार गरिदिन अनुरोध गरिरहेका थिए।

दामोदर आफ्नो जन्मभूमि छाडेर साउदी अरबमा गाडी चलाउन पुगेको बाह्र वर्ष भयो ।नेपालबाट गएको वर्षौँ हुँदा पनि खासै कमाइ नभएपछि उनले आफूले काम गर्दै गरेको कम्पनी छाडेर अर्काे ठाउँमा जाने सोच बनाए । उनलाई साउदीकै एकजनाले आफ्नो कम्पनीमा काम गरे धेरै तलब दिने आश्वासन दिए।

उनको पासपोर्ट कम्पनीले नै लिएको थियो ।नयाँ कम्पनीका सञ्चालकले आफ्नोमा काम गरे नेपाल फर्कने बेलामा आफूले नै पासपोर्ट बनाइदिने बताए ।वर्षौँ काम गर्दा पनि राम्रो कमाइ नभएकोले निराश दामोदर उनको कुरामा लोभिए र नयाँ कम्पनीमा काम सुरु गरे ।यहाँ उनको काम ठिकै चलेको थियो । तर, एकदिन उनले नसोचेको घटना घट्यो ।उनले चलाएको गाडीले अर्को गाडीमा ठक्कर दियो । एकजना पाकिस्तानी नागरिकको मृत्यु भयो ।दामोदर आफैँ पनि घाइते भए। त्यो दुर्घटनाले दामोदरलाई जेल पुर्‍यायो ।

एउटा कम्पनीबाट भागेर अर्को कम्पनीमा काम गरेका कारण उनी ‘इलिगल’ थिए । प्रायः यस्ता दुर्घटनाको क्षतिपूर्ति कम्पनी आफैँले तिर्ने गर्छ ।तर, नेपाल फर्कन आफैँ पासपोर्ट बनाइदिने भनेको कम्पनीले जेल परेपछि वास्तै गरेन ।कम्पनीका सञ्चालक दामोदरलाई भेट्नै आउन छाड्यो ।त्यो दुर्घटनामा मृत्यु भएको परिवारले उनीसँग क्षतिपूर्ति मागेको छैन ।तर, केही महिनापहिले साउदीको अदालतले दुर्घटनामा परेर जलेको गाडीको जरिवानास्वरुप ७९ हजार साउदी रियाल (करिब २५ लाख रुपैयाँ) बुझाउन भनेको छ ।

उनी जेल मुक्त भएर ९ महिना भैसक्यो सहयोगलाई भौतारिएको अहिले सम्म कहि कतबाट आश्वासन बाहेक केही पाएको छैन।जरिवाना तिर्न सके उनीलाई बेलैमा नेपाल फर्काउन पाउने आशामा उनका श्रीमती भगवती क्षेत्री र उनको बहिनि माया थापा वैदेशिक रोजगार विभाग ,परराष्ट्र मन्त्रालय लगायत सरकारी कार्यालय तथा वैदेशिक रोजगार उद्वारमा सरोकार राख्ने ब्यक्ति ,संघ संस्था र मिडिया सबै ठाउमा पुगि सकेको छ।

दूतावासमा कुरा गर्दा जरिवाना तिरे दामोदरलाई नेपाल फर्काउन सक्ने जानकारी गराएको परिवारले जनाएको छ।
उनको बारेमा वैदेशिक राेजगार प्रवर्द्धन बाेर्डमा निवेदन परेकाे र त्यहाँबाट १५ लाख दिने जस्ताे कुरा भएको थियो। वैदेशिक राेजगार प्रबद्धन बाेर्डका महानिर्देशकसंग भेटघाट गरी यथार्थ बुज्दा दामाेदरकाे पक्षबाट लडिदिने वकिल चाहिएमा मात्र १५ लाख बराबरकाे खर्च व्यहाेर्ने हाे तर याे त्यहाँकाे अदालतले फैसला गरिसकेकाे केसमा बाेल्न परेन अब त्याे क्षतिपुर्ति वापतकाे रकम बाेर्डले दिंदैन तर यदि माथीकाे अर्थात परराष्ट्र मन्त्रालय र नेपाल सरकारकाे अादेश भएकाे खण्डमा ताेके बमाेजिम दिन सकिन्छ तर बाेर्डले निर्णय गरेर दिन नमिल्ने जानकारी परिवारलाई गराएको थियो।

४ बर्ष जेल जीवन बिताएर झण्डै ९ महिना देखि जेलबाट निस्केर साथीहरुको निगाहमा बसिरहेका उनी कुनै न कुनै बेला फेरि जेल हाल्न सक्छ भनेर डराईरहेको छ। नेपाली दूतावासलाई कुरा गर्दा सधैं प्रोसेस गरिरहेको बताउने गरेको उनले बताएको छ।

कमजोर आर्थिक अवस्था दामोदरका एक छोरा र एक छोरी छन् ।उनकी जेठी छोरीको बिहे भइसक्यो ।छोराले भर्खरै १२ पास गरेको छ। श्रीमती बुटवलमा नै ज्याला मजदुरी गर्छिन् । जग्गा जमिन केही नभएका उनको परिवार भाडामा बस्ने गर्छ। अहिले श्रीमानको उद्वारको लागि भौतारिनु पर्दा राम्रो संग खान पनि नपुग्ने अवस्था रहेका छन् ।

यता घर परिवार यस्तो अबस्थामा उता दामोदरको दयनीय अबस्थामा रहेको छ। उनको कथा साच्चिकै दु:खद छ। उनलाई नेपाल फर्काउन आर्थिक जो हो गर्न एक मात्र आर्थिक सहयोगको अपिल बाहेक अरु विकल्प नदेखिएको हुदा सम्पूर्ण मनकारी मनहरुलाई दामोदरको श्रीमती भगवती क्षेत्रीले अपिल गरेकी छिन्। ऊनीले सम्पूर्ण नेपालीलाई सहयोग गरि आफ्ना श्रीमानलाई घर फर्काउन अनुरोध गरेकी छिन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x