मकवानपुर/
जिल्लाका लोक कवि गणेशलाल श्रेष्ठको अर्धकदको सालिक शनिबार राति चोरी भएको छ ।भीमफेदीमा आइतबार कवि श्रेष्ठको सालिक (प्रतिमा)अनावरण गर्ने कार्यक्रम रहेको थियो ।तर, राति नै साालिक चोरी भएको हो ।

सालिक अनावरण गर्न परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलगायत साहित्यकारको टोली आइतबार बिहान भीमफेदी पुगेका थिए ।सालिक राखिएको ठाउँबाट रड नै दोबारेर चोरिएको देखेर साहित्यकर्मीहरु निराश भएका छन् ।प्रहरीले सालिक खोजी गरिरहेको बताएको छ ।

करिब ५ लाखको लागतमा निर्माण गरिएको सालिक ईलाका प्रहरी कार्यालय भीमफेदीबाट २ सय मिटर पर ज्योति पुस्तकालय परिसरबाटै चोरी भएको हो । लोककवि श्रेष्ठले दुई थुंगाको फुल, मेरो पुष्पाञ्जली लगायतका नेवारी भाषामा गीत लेखेका थिए ।भीमफेदी निवासी श्रेष्ठलाई लोककवि पदवी लोकसाहित्य परिषद् र प्रज्ञा प्रतिष्ठान दिएको थियो ।रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x