एजेन्सी।
फुटबल बादशाह डियगो म्याडोनाको दुबईमा हराएको घडी भारतको असाममा फेला परेको छ ।करिव १३ हजार २ सय डलर मुल्यवराबरको हबलट वाच दुबईबाट हराएको थियो ।

घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे ।उनी हालसालै दुबैबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ ।दुबइ प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिएका छन् ।

‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ ।दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन् ।

आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षा गार्डको रुपमा काम गर्थे । कम्पनीमा केही दिन काम गरेपछि बाबु विरामी भएको भन्दै ती व्यक्ति अगस्टमा असाम फर्किएका थिए ।

घडी हराएपछि दु्बइ प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो ।त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए ।उनी बसेको घरमा उक्त घडी पनि भेटिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x