
नुवाकोट/
वन तथा वातावरण मन्त्री रामसहाय यादवले नुवाकोटलाई प्रचुर सम्भावना बोकेको जिल्ला बताएका छन् ।जनता समाजवादी पार्टी (जसपा) नेपाल दुप्चेश्वर गाउँपालिकाको सु ज अभियान उद्घाटन कार्यक्रममा शनिबार यस्तो बताएका हुन।
प्रमुख अतिथीको रुपमा समुन्द्रटारको रुक्मणी माविमा आयोजित जनसभामा मन्तव्य राख्दै उनले’ नुवाकोट मन्त्री उत्पादन गर्ने जिल्ला मात्रै बनेको तर राजधानीसंगै जोडिएर पनि बिकासमा निकै पछाडी रहेको बताएका छन् ।कृषि ,पशुपंक्षी, जडिबुटी र ब्यापारमा नुवाकोट जिल्ला प्रचुर सम्भावना बोकेको जिल्ला रहेको समेत बताएका छन् ।
उनले यहाँ बिकास लक्षित कार्यक्रमहरु प्रती गम्भीर बनेर मन्त्री परिषदमा कुरा उठाउने र आफुले पनि सक्दो पहल गर्ने बताएका छन् ।