
नुवाकोट।
जिल्लाको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाको हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन ।
पक्राउ गरेसँगै थापाको शवपरीक्षणका लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको थियो ।हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दैै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए ।
पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।उनका अनुसार उनी कार्यरत बसमा रगत लत्पतिएको छ भने त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव पाइएको थियो ।उक्त बसका चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन् ।