
नुवाकोट।
जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङ्फेदि साबिक वडा नं. ३ को सम्पूर्ण ६९ परिवारलाई प्रती परिवार २/२ वटाका दरले १३८ वटा बाख्रा वितरण गरिएको छ।जसपा नेता डा. भिमलाल तामाङ र ‘नेपालका असल मित्रहरू’ संस्था र सृजनसिल रेड पाण्डा महिला समूहको सहकार्यतामा जि.एफ.एन. परोपकारी परियोजना अन्तर्गत उक्त बाख्रा वितरण गरिएको हो।
उक्त बाख्रा त्यहाँका महिला दिदिबहिनीहरुलाई आर्थिक आयआर्जनमा आयस्रोतको लागि टेवा पुर्याउने उदेश्यका साथ मंगलबार दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबेन्द्र सिंह तामाङको प्रमुख अतिथित्यमा एक भब्य कार्यक्रम गरेर वितरण गरिएको हो।
यसैबीच उक्त संस्थाले बिगत १३ बर्ष देखि निरन्तर रुपमा यस क्षेत्रको सामाजिक आर्थिक तथा शैक्षिक बिकासका निम्ति विभिन्न कार्यक्रमहरु गरिदै आएकोमा मंगलबारको यो वितरणबाट साबिक घ्याङ्फेदि गाबिसको ९ वटै वडामा केहि बाकी छुट्फुट रहेको बाहेक दुप्चेश्वर -१ का सम्पूर्ण परिवारलाई उक्त संस्थाबाट प्रतिपरिवार २/२ वटाको दरले बाख्रा वितरणको कार्य सफलताको साथ सप्पन्न गरिएको डा. भिमलाल तामाङले नुवाकोट जागरणलाई बताएका छन् ।