
रसुवा।
नेपाली कांग्रेस रसुवाको सभापतिमा पेम्बाछिरिङ तामाङ पुनः सर्वसम्मत चयन भएका छन्। मङ्गलबार सम्पन्न जिल्ला अधिवेशनले तामाङलाई पुनः सर्वसम्मत सभापतिमा चयन गरेको हो।
जिल्ला अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि २६ र प्रदेश अधिवेशन प्रतिनिधिमा ३६ जना छनोट गरेको छ। उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा तथा सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका कांग्रेसको निर्वाचन समितिले जनाएको छ।
यसैगरी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौऔदी तामाङ, मङ्गले तामाङ, उपेन्द्र लम्साल, केदारप्रसाद देवकोटा, राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ, चन्द्रकुमारी पनेरु, सार्किवुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सिता तामाङ, शशि अधिकारी, सरला देवकोटा, नुर्वूसाङ्बो घले र अनिल भुसाल सर्वसम्मत चयन भएका छन्।
प्रदेशसभा ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत चयन भएका छन्। उपसभापतिमा रिक्चेन तामाङ र राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा र तारानाथ पौडेल तथा सहसचिवमा राजु तामाङ र विशाल घले सर्वसम्मत चयन भएका छन्।
प्रदेशसभा ‘ख’ को सभापतिमा बुचुङ तामाङ, उपसभापतिमा लाक्पा कामी तामाङ र सिङ्गी लामा, सचिवमा नीलनाथ आचार्य र खुवाबहादुर तामा तथा सहसचिवमा सुदिप गुरुङ र राजु तामाङ सर्वसम्मत छनोट भएका छन्।